अमेरिकामा रहेका पाल्पालीहरूलाई जोड्ने काममा हजूरको पनि साथ सहयोगको अपेक्षा राखेका छौ !
सम्पूर्ण पाल्पाली साथीहरू,
नमस्कार!
पाल्पाली संगम अमेरिकाको २ वर्षीय कार्यकाल यही जून २०२५ मा समाप्त हुँदैछ। छोटो समयमा पनि हामीले पाल्पाका लागि सक्दो कार्य गर्दै आएका छौं र निरन्तर प्रयासरत छौं। संस्थालाई निरन्तरता दिन र गतिशील राख्न सदस्यताको संख्या महत्वपूर्ण हुने भएकाले पाल्पालाई माया गर्ने सबैलाई आगामी २०२५-२०२७ कार्यकालका लागि साधारण सदस्यता नवीकरण गर्न तथा आजीवन सदस्यता लिन अनुरोध गर्दछौं। साथै, आजीवन सदस्यहरूले सदस्यता नवीकरण गर्नु नपर्ने जानकारी गराउन चाहन्छौं।
कार्यसमितीमा बस्न वा मत हाल्न May 30,2025 भित्र गरि सक्नु पर्नेछ !
नयाँ कार्यसमितिमा बसेर काम गर्न इच्छुक साथीहरूले कार्यसमितिका सदस्यहरूलाई सम्पर्क गर्न वा PalpaliSangamUSA@gmail.com मा इमेल गर्न अनुरोध गर्दछौं। हामी पद हस्तान्तरण गर्न इच्छुक छौं।
सदस्यता लिन तथा नवीकरण गर्नको लागि लिंक: https://www.palpalisangamusa.org/members/membership
Present Membership List: https://www.palpalisangamusa.org/members